तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सयले घटेको हो ।

सोमबार तोलामा १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ३१ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । 

यस्तै, तेजावी सुन सोमबार तोलामा १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ३० हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्यरूपमा बढेको छ । सोमबार प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने  १ हजार ५ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।  





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार ११:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया