logo-img

सांसदको माग- फिल्मी शैलीमा हेलिकोप्टरमा जन्ती लैजाने गतिविधि बन्द होस्
फाइल तस्बिर

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।  

सांसद मनिष झाले तराई-मधेससहित देशका विभिन्न स्थानमा वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडक विकृत संस्कृतिका रूपमा विकास भइरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले फिल्मी शैलीमा हेलिकप्टरमा जन्ती लैजाने गतिविधिले सामाजिक रूपमा आर्थिक दायित्व बढ्नुका साथै गाउँ बस्तीमा हेलिकोप्टरको हावाले घरहरूमा क्षति पुर्‍याउने गरेको बताए । 

उनले विवाहका नाममा हल्दी, मेहन्दीजस्ता गतिविधिले दुलहीको माइतीमा आर्थिक दायित्व बढ्ने गरेको, गाउँबस्तीमा हेलिप्याड पनि नहुने भएकाले उडान सुरक्षामा समेत चुनौती थपिएकाले यस प्रकारका गतिविधिलाई तत्काल रोक्न आग्रह गरे ।  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १४:९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया