logo-img

सात संसदीय समितिको बैठक बस्दै, के-के छ कार्यसूची ?
फाइल तस्बिर

विभिन्न सात संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।  

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले साढे ११ बजे, सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दिउँसो १ बजे र महिला तथा सामाजिक समितिले २ बजे बैठक राखेका छन् ।  

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ३ बजे बस्दैछ । अर्थ समितिको आजको बैठकमा उजुरी छानबिन उपसमितिमा हालसम्म भएका काम कारबाहीको सम्बन्धमा छलफल हुने जनाइएको छ । 

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेका काम कारबाहीका बारेमा छलफल हुँदैछ ।

सार्वजनिक लेखा समितिले विकास निर्माण केन्द्रित छलफल गर्दैछ । समितिमा आज हुलाकी राजमार्ग निर्माण सम्बन्धमा छलफल गर्ने तयारी छ । त्यस्तै, महिला तथा सामाजिक समितिमा पनि हिंसासँग सम्बन्धित दुई महत्वपूर्ण विषयमा छलफल हुँदैछ । समितिले मानव बेचबिखन र लैङ्गिक हिंसासम्बन्धी दुई विषयमा छलफल गर्न लागेको जनाएको छ । 

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने तयारी छ । 



सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २०४ औँ बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति विवरण, सार्वजनिक नीतिको मस्यौदा, तथा निर्माण र कार्यान्वयनलगायत विषयमा छलफल हुँदैछ । 



  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार ९:१८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया