‘राजा साब’मा भूत चरित्रमा देखिँदै सञ्जय दत्त

बलिउडका सुपरहिट फिल्म ‘भूतनाथ’, ‘ओम शान्ति ओम’, ‘हेलो ब्रदर’, ‘पहेली’, ‘वाह लाइफ हो तो ऐसी’ र ‘तलाश’ मा एउटा कुरा समान छ । त्यो समानता यो हो कि यी फिल्ममा सुपरस्टार भूत चरित्रमा छन् । 

अब यो भूत चरित्रको सूचीमा अभिनेता सञ्जय दत्त पनि जोडिएका छन् । सञ्जय निर्देशक मारुतीको फिल्म ‘राजा साब’मा भूत चरित्रमा देखिन लागेका हुन् ।

फिल्ममा प्रभासको प्रमुख भूमिकामा अभिनय रहनेछ । फिल्ममा राजा साब बनेका प्रभासको बुवाको मृत्युपछि सञ्जयलाई दर्शकले भुतको चरित्रमा देख्नेछन् । भूतसँग प्रभासको दृश्यलाई रोचक बनाउन निकै स्पेशल इफेक्टको प्रयोग गर्ने तयारीमा निर्देशक मारुती छन् । 

अमिताभ बच्चन अभिनित फिल्म ‘भूतनाथ’को जस्तै हजुरबुबा र नातीको संवादलाई ‘राजा साब’मा कमेडी शैलीमा देखाइनेछ । सञ्जय यतिबेला साउथ फिल्ममा सक्रिय छन् । उनीसँग साउथ फिल्मको २५ वर्ष पुरानो सम्बन्ध छ ।

उनी पहिलोपटक सन् १९९८ मा तेलुगु फिल्म ‘चन्द्रलेखा’मा विशेष भूमिकामा देखिएका थिए । यसपछि सन् २०१३ मा हिन्दी र तेलुगूमा एकसाथ रिलिज फिल्म ‘जन्जिर’ मा उनी देखिए ।

प्रकाश मेहरा निर्देशित र अमिताभ बच्चन अभिनीत फिल्म ‘जन्जीर’ यो रिमेकमा सञ्जय शेर खानको भूमिकामा देखिएका थिए । जुन चरित्र पहिलो भागमा प्राणले निभाएका थिए । उनी दुई वर्षअघि रिलिज फिल्म ‘केजीएफ च्याप्टर २’मा भिलेन चरित्रमा देखिएका थिए ।



गत वर्ष अभिनेता विजयको तमिल फिल्म ‘लियो’मा सञ्जयले एन्टनी दासको भूमिका निभाएका थिए । यो वर्ष उनी तेलुगु फिल्म ‘डबल इस्मार्ट’मा उनी बिग बुल, कन्नड फिल्म ‘केडी द डेविल’मा विशाल अग्निहोत्री चरित्रमा देखिँदै छन् ।



  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १२:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया