logo-img

एकल बहुमतसहित निर्णायक बन्नेगरी पार्टीलाई बनाऔँ : ओली
फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकल बहुमतसहित निर्णायक तहमा रहने गरी पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । 

एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले एकताबद्ध एवं अनुशासित भएर पार्टीलाई बलियो बनाउने गरी सबै लाग्नुपर्नेमा जोड दिए । 

पार्टीका पूर्वप्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परिपाटी गलत भएको उनले टिप्पणी गरे । स्वतः वरिष्ठ नेताका रूपमा रही दोस्रो वरियताको नेता बन्ने र झन्झट दिने काम गलत भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा एमालेमा त्यस्तो नहुने बताए । आफूले सकुञ्जेल काम गर्ने र अध्यक्ष छोडेपछि त्यस्तो झन्झट नदिने उनले स्पष्ट पारे । 

पोखरामा आफूले जेलजीवन बिताउँदा धेरै माया र स्नेह पाएको स्मरण गर्दै उनले यो आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको बताए ।  





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार १५:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया