logo-img

झलनाथ खनाल भन्छन्- ‘वाम शक्ति एकीकरणको सुरुआत भइसक्यो’
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा वाम शक्ति एकीकरणको सुरुआत भइसकेको बताएका छन् ।

केन्द्रीय राजनीतिमा फेरिएको नयाँ सत्ता समीकरणले नेपालमा कम्युनिष्ट एकढिक्का हुन सुरु भएको सङ्केत गरेको बताउँदै खनालले २०८४ को आम निर्वाचनअघि नै नेपालका वाम शक्तिबीच एकता हुने बताएका हुन् ।

आज गृह जिल्ला इलाम आउने क्रममा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा पत्रकारसँगको कुराकानीमा उनले भने, ‘अहिलेको सरकार गठनबाट वाम एकताको यात्रा सुरु भइसकेको छ, आम निर्वाचनसम्म पुग्दा सबै कम्युनिष्ट एक भएर जान्छन् ।’ 

पूर्वप्रधानमन्त्री खनालले वाम एकताको कार्यदिशा आफैंले अगाडि बढाएको बताए । त्यहीअनुरूप अहिले सरकार गठन भएको उनको भनाइ छ ।

‘एकता भन्ने कुरा जहिले पनि सम्भव छ । अझ वाम एकता हुन त ढिला भइसक्यो । विचार र सिद्धान्त मिलेपछि कसैले रोक्न सक्दैन’, उनले भने, ‘तर, अब टाउका मिल्ने होइन विचार मिल्नेबीच एकता हुनुपर्छ ।’

पार्टी एकतापछि २०८४ सम्ममा चुनावी एकता हुने उनको भनाइ छ । ‘पार्टीसँगै चुनावी एकताका लागि मेरो अन्तिम कसरत हुनेछ’, नेता खनालले भने । 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार २०:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया