logo-img

प्रहरीलाई गृहमन्त्रीको निर्देशन- व्यवसायीकहाँ गएर खाना नखानू
फाइल तस्बिर

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने बताएका छन् । 

उनले आज मन्त्रालयमा आयोजना गर्नुभएको सरोकारवाला निकायसँगको छलफलमा सरकारले स्थानीय घरधनी र व्यवसायीको समस्या समाधान गरेर मात्र ठमेल चौबीसै घण्टा सञ्चालन गर्ने बताए । 

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई समेत समाधान हुनेगरी सरकारले काम गर्ने उल्लेख गरे । स्थानीय घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्र सरकार अगाडि बढ्ने उनको भनाइ छ । 

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्र अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक हुने उल्लेख गर्नुभयो । उहाँले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गबाट हुने स्पष्ट पारे ।

ठमेल पूर्णरूपमा व्यावसायिक क्षेत्र नभएकाले त्यहाँ स्थायी रूपमा बसोबास गर्नेको हक, अधिकारलाई मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने गृहमन्त्री लामिछानेले विश्वास व्यक्त गरे । सरकारले व्यवसाय जोगाउनका लागि उक्त कदम चालेको उनको भनाइ छ ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा सञ्चालनमा आएपछि व्यवसायीकहाँ गएर खाना नखान प्रहरी प्रशासनलाई निर्देशन दिए । उनले ठमेललगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनाअनुरूप गृह मन्त्रालयले ‘एक्सन प्लान’ बनाइरहेको उल्लेख गरे । 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार २२:९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया