logo-img

खेतीको चटारोमा छन् किसान [तस्बिरहरू]

किसान देशका मेरुदण्ड हुन् । तर आज कसैले पनि किसान भनेर गर्व गर्न सक्ने अवस्था छैन । कृषिमा आबद्ध भएर सहज जीवन जिउन मुस्किल छ ।

विदेश जानको लागि लागत जुटाउन जति सजिलो छ कृषिको लागि त्यति नै कठिन छ । कारण कृषिप्रतिको अविश्वास तथा व्यवसायी कृषि प्रणालीको अभाव हो । 

अर्को कुरा सरकारको उदासीनता पनि । किसान लाखौँ लगानी गर्छन्, वस्तु उत्पादन गर्छन् । तर वस्तुको बजार सीमित छ । निर्यातको राम्रो व्यवस्था छैन । वस्तु कुहिन्छ, लगानी डुब्छ । 

सरकारलाई कुनै मतलब छैन । गर्मी सुरु भएको छ । गर्मीबाट बच्ने उपाय खोजिरहँदा काँठ क्षेत्रका किसान भने यति बेला कामको चटारोमा छन् । लगाएका खेतीपाती उठाउने र सिजनअनुसारको नयाँ खेती लगाउने चटारोमा छन् किसान । 

तोरी खेती उठाउने र अर्को खेती लगाउन मल बोक्ने किसान काँठ क्षेत्रमा भेटिन्छन् । हुन त खेतीपातीको काम गर्ने किसानलाई गर्मी र जाडोको छुट छैन । समयमा गर्नु परिहाल्छ नै । असरल्ल काम छोडेर गर्मी र जाडो भन्दै बस्ने छुट किसानलाई हुँदैन । बरु लगाएको खेतीपाती समयमै भित्र्याएर नयाँ सिजनको खेती गर्नमै किसान रमाउँछन् । 

यति बेला उनीहरूलाई नयाँ वर्षको रमझम भन्दा खेतीपाती नै प्यारो छ । आजको फोटो फिचरमा हेर्नुहोस् व्यस्त काँठ क्षेत्रका किसान र कृषिका यी तस्बिरहरू ।  





 

  • प्रकाशित मिति : चैत २४, २०८० शनिबार ९:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया