गृहमन्त्री–प्रहरी महानिरीक्षकको ‘पजनी पासो’मा सात एसपी
सरुवा मापदण्ड कुल्चिँदै डेढ महिनामा सरुवा

प्रहरी प्रधान कार्यालयले केही जिल्लाका प्रमुखसहित प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । २४ चैत साँझ मधेसका ६ जिल्ला र पहाडको एक जिल्लामा एकैसाथ प्रहरी प्रमुखहरू परिवर्तन गरिएको हो । जिल्ला प्रहरी कार्यालय बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, बाँके, नुवाकोटका प्रहरी प्रमुख सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बारामा महेन्द्र खड्का सरुवा भएका छन् । रौतहटमा दिलीप घिमिरे,महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारी सरुवा भएका छन् । यसै गरी सर्लाहीमा रवीन्द्र बहादुर सिंह, बाँकेमा तुलबहादुर कार्की र नुवाकोटमा शान्तिराज कोइराला सरुवा भएका छन् । एसपीहरू श्याम कुमार राई, मित्रबन्धु शर्मा,दयानिधि ज्ञवाली,सुवास चन्द्र बोहरा,अनुपम श्रेष्ठ,तुलबहादुर कार्की,नकुल पोखरेलले सरुवा भएको कार्यालयबाट दुई महिनाको तलब पनि थाप्न पाएनन् ।

यसरी सरुवा गर्दा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्नै संगठनको सरुवाको मापदण्डलाई कुल्चिएको एक प्रहरीले बताए । ती जिल्लामा सरुवा भएका एसपीहरूलाई एक वर्ष नपुग्दै जिम्मेवारी परिवर्तन गरिएको छ ।

सामान्यतः एक वर्ष अवधि पूरा भएपछि मात्रै जिल्ला प्रहरी प्रमुखहरू परिवर्तन गरिँदै आएको थियो । केही समय पहिले प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ संशोधन गरिएको थियो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको संयुक्त प्रयासमा सरुवाको मापदण्ड संशोधन गर्दै केही विषयहरू हेरफेर गरिएको छ । हरेक दर्जाको सरुवा बढुवादेखि कार्यसम्पादनलगायतका विषय मापदण्डमा उल्लेख गरिएको छ । अहिले गृह रवि लामिछानेले हाँकिरहेका छन् । 

नयाँ मापदण्ड अनुसार प्रहरी युनिटहरूलाई ‘क’, ‘ख’ र ‘ग’ मा वर्गीकरण गरिएको छ । ‘क’ श्रेणीमा पोस्टिङ हुनुअघि कहाँ–कहाँ काम गर्ने,इन्चार्ज भइसकेपछि फेरि त्यहीँ इन्चार्ज हुन नपाइने,कुन पदको कर्मचारी कति समयसम्म तोकिएको स्थानमा बस्न सक्नेलगायतको विषय मापदण्डभित्र समेटिएको छ । जवानदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीको सरुवा–बढुवाको मापदण्ड यसमा समावेश छ । प्रहरीको विशेष ब्युरोहरूमा सरुवा भएर जानकालागि पनि मापदण्ड तयार पारिएको छ । 





  • प्रकाशित मिति : चैत २४, २०८० शनिबार १२:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया