logo-img

पहाडी भू-भागमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
फाइल तस्बिर

आज पनि देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थान र बाँकी पहाडी भू–भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । 

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी  प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागका तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । 

बेलुका देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने विभागले जनाएको छ ।  
 
 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ६:४८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया