logo-img

एकैदिन पाँच संसदीय समितिको बैठक, के-के छ कार्यसूची ?

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गतका​ विभिन्न पाँच संसदीय विषयगत समितिको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको चार वटामध्ये कानुन, न्याय तथा मानवअधिकार समितिको र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।

यस्तै, महिला तथा सामाजिक महिला समिति र राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्दै छ । दिउँसो साढे १ बजेबाट बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भएबमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुँदैछ । 

कानुन, न्याय तथा मानवअधिकार समितिले आजै विभिन्न ६ वटा मन्त्रालयका अधिकारीलाई बोलाएर समितिमा छलफल गर्दै छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा समितिले छलफल गर्ने कार्यसूची तय गरेको छ । 

शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्दै छ । यस्तै, महिला तथा सामाजिक महिला समितिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको वर्तमान अवस्था र अनुगमनबारे छलफल गर्ने तयारी छ । 

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका उप–समिति गठन गर्ने सम्बन्धमा छलफल हुने भएको छ ।​ पाँचवटै बैठक सिंहदरबारभित्र समितिको सभाकक्षमा बस्नेछन् । 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ९:३६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया