logo-img

हात्तीवनमा मेटल उद्योगमा आगलागी : मृतकको परिचय खुल्यो, १० लाखको क्षति
फाइल तस्बिर

ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

आगलागीमा परी काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्थे । आगलागीबाट १० लाख रुपैयाँ बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताए ।

विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट सोफा तथा तीनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।  





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ९:५०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया