logo-img

नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य, रोहित पौडेलको उत्कृष्ट ब्याटिङ

भारतमा जारी एसएमएस फ्रेण्डसिप कपको फाइनलमा नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएको छ । गुजरातको वापीमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट पारी खेले । ४७ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए । यस्तै, कुशल मल्लले कुशल मल्लले १३ बलमा अविजित ३१ रन बनाए । त्यस्तै, आसिफ शेखले ३४, कुशल भुर्तेलले १९, 

सन्दीप जोरा दीपेन्द्र सिंह ऐरीले सात/सात रन जोडे । उनीहरूमध्ये जोरा अविजित रहे । गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान एक/एक विकेट लिए ।

नेपालले आज प्लेइङ–११ मा चार खेलाडी परिवर्तन गरेको छ । नेपालले फाइनलमा आकाश चन्द, प्रतिश जिसी, अनिलकुमार शाह र ललित राजवंशीलाई विश्राम दिँदै आशिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी र अविनाश बोहरालाई मौका दिएको हो ।

नेपाल लिग चरण विजेता र गुजरात उपविजेताको रूपमा फाइनलमा भिड्न लागेका हुन् । नेपालले लिग चरणमा गुजरातलाई दुवै खेल तथा बरोडालाई एक खेलमा हराएको थियो ।  

नेपालले उद्घाटन खेलमा गुजरातलाई ८ विकेट र दोस्रो म्याचमा बरोडालाई २७ रनले हरायो । तेस्रो म्याचमा गुजरातलाई ८ रनले हराएको नेपाल चौथो खेलमा भने बरोडासँग ३७ रनले स्तब्ध भएको थियो ।  



नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), गुलशन झा, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, विवेककुमार यादव, सोमपाल कामी, करण केसी र अविनाश बोहरा ।   



  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १५:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया