logo-img

फेवातालमा डुंगा दुर्घटनामा परेका युवकको सकुशल उद्धार

फेवातालमा बोटिङ गर्ने क्रममा आइतबार साँझ दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

अचानक चलेको हावाहुरीले डुंगा पल्टिँदा पोखरा–६ लेकसाइड बस्ने स्याङजाको अर्जुनचौपारी–३ का २० वर्षीय सोभित परियार डुबेका थिए । 

घटना लगत्तै सशस्त्र प्रहरीको फेवातालको बाराहीघाटस्थित रेस्क्यु टावरमा तैनाथ उद्धार टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।

हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करिब २५ जना आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सोही टोलीले सकुशल उद्धार गरेको सशस्त्रका डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार २१:१७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया