logo-img

एमाले नेता महेश बस्नेतविरुद्ध भ्रूणहत्या, बलात्कार र डाँका चोरीको मुद्दा दर्ता

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध एक युवतीले फौजदारी कसुरको जाहेरी दर्ता गराएकी छिन् । बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा भ्रूणहत्या, बलात्कार र डाँका चोरी आरोपमा जाहेरी दर्ता भएको हो । 

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन्। पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरिएको प्रहरीले बताएको छ। 

बस्नेतमाथि २ महिना १५ दिनको भ्रूण हत्या गरेको पनि आरोप छ। औषधि खुवाएर र अप्रेसन गरेर दुईपटक भ्रूण हत्या गरेको पीडितले आरोप लगाएकी छन्। 

बलात्कार र भ्रूण हत्याको प्रमाण लुकाउन बस्नेतले आफ्नो अपार्टमेन्टमा डाँका चोरीसमेत गराएको पीडित युवतीको दाबी छ । 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार २१:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया