logo-img

आजको मौसम : पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना
फाइल तस्बिर

आज पनि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । 

यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार राति कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी तथा पहाडी भूभागका एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । 
 





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार ६:३४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया