logo-img

आज सोमबारे औँसी, पितृका नाममा दान गरी मनाइँदै

आज सोमबारे औँसी मनाइँदैछ । औँसी तिथि र सोमबार एकै दिन परेको दिनलाई सनातन धर्मावलम्बीमा सोमबारे औँसीका रूपमा मनाइन्छ । 

यस्तो संयोग परेको दिनलाई मौनी औसी पनि भनिन्छ । यो संयोगका दिन बिहान सबेरै उठेर नबोली नुहाउनुपर्ने मान्यता छ । वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ । यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ । 

पुराणमा भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ । यो दिन तुलसी वा पिपलको पूजा गर्ने र प्रदक्षिणा गर्ने विधान छ ।

सोमबार औँसी तिथि ४६ घडी ३५ पला अर्थात् मध्यराति १२ बजेर २७ मिनेटसम्म रहने र त्यसपछि चैत्रशुक्ल प्रतिपदा आरम्भ हुने पञ्चाङ्गमा उल्लेख छ ।  





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार ६:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया