logo-img

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन, भोलि चुनाव चिन्ह दिइने

आउँदो १५ वैशाखमा हुन लागेको उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ । निर्वाचन आयोगका अनुसार सोमबार बेलुकी उम्मेदवारको सूची प्रकाशन गरिने भएको हो ।  

आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो । अपरान्ह ३ बजेपछि सोमबार अपरान्ह ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ । तर, इलाम र बझाङका निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको आयोगले जनाएको छ ।  

यस्तै, आयोगले मंगलबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ ।

उपनिर्वाचन हुने इलाम–२ मा २० र बझाङ १ (१) मा  १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपनिर्वाचनका लागि १५ वैशाखमा बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।  





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार ७:१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया