logo-img

निरन्तर बढ्दै सुनको मूल्य, नाघ्यो एक लाख ३६ हजार

नेपाली बजारमा सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ६ सयले वृद्धि भएको हो । 

आइतबार प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय कायम भएको छ ।

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० रुपैयाँ तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।  





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार ११:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया