logo-img

‘निर्मिति नव्यता’ मा डिजाइनरका पहिरन

नमूना कलेज अफ फेसन टेक्नोलजीको १८ औं ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका आठवटा क्रिएटिभ वेयर राजधानीमा आइतबार साँझ ‘निर्मिति नव्यता’ नामक फेसन शोमा प्रदर्शन गरिएको छ । डिजाइनरका ७९ वटा सिर्जना र्याम्पमार्फत मोडलहरुले प्रदर्शन गरेका हुन् । 

नमूना कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिसँगै शुरु भएका शोमा चार वर्षको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम सेमेष्टरको पढाई अन्तर्गतको प्रयोगात्मक परीक्षाका लागि डिजाइनरहरूले तयार पारेका पहिरन प्रदर्शन गरिएका थिए ।

फेसन शोमा यस पटक मिस्टिकल क्रिएचर अवधारणामा योकाई, फ्रुटि टोन्स अवधारणमा अलंकृत फल, चेन चिक इन डेनिम कुटर अवधारणामा जेन मेराकी, हार्मोनिया भेस्टिस अवधारणामा हार्मोनिया भेस्टिस, फजेज् अफ प्रिसिपिटेसन अवधारणामा मिड नाइट रेन, र्याडिएन्ट रिफ्लेक्सन अवधारणामा आर्ट डेको ग्ल्याम, म्याक्रोम  अवधारणामा रग एल्युर तथा फ्रस्टी फ्लोरिसेस् अवधारणामा फ्रस्टि अरा गरी आठवटा विविधता युक्त अवधारणामा पहिरनहरु प्रस्तुत गरिएका थिए ।  २३ जना युवती मोडल र नौं जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न भएको आयोजक कलेजको १८औं ब्याचका ७१ जना विद्यार्थी डिजाइनर नै थिए । 

कार्यक्रमको कोरियोग्राफी र निर्देशन संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए । कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित फेसन क्याटलग तेस्रो संस्करणलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. शैलेशमणि पोखरेल, रजिष्ट्रार निलमणी पोखरेल, व्यवस्थापन संकायका डीन डा. सन्देशदास श्रेष्ठ, परीक्षा नियन्त्रक बलेन्डु हमाल तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

शोमा फेसन अध्यापकद्वय राजेन्द्र सिंह र कुश्मा श्रेष्ठ, फेसन डिजाइनरद्वय अनु श्रेष्ठ र सविना चौधरी, साखः ग्रुपका अध्यक्ष किरण साखः, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुलबहादुर बस्नेत, प्रोफेसर डा. जया प्रधान तथा उद्यमी व्यवसायी एवं पियर क्लोदिङका संस्थापक अध्यक्ष पशुपतिदेव पाण्डे निर्णायक थिए । 





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १२:२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया