राजेन्द्र महतोको आक्रोश- नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिन्छन्

पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगै अस्तित्व पनि मेटेको आरोप लगाएका छन् । सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि एमालेका अध्यक्ष केपी ओलीसम्मले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगै अस्तित्व पनि मेटेको आरोप लगाए । 

उनले भने, ‘कम्युनिष्टहरूले गर्न खोजेको के ? नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने ।  पहिचान मेटाइदिने ।  धर्म मेटाइदिन अनि सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । पहिचान मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिन्छन् । हाम्रो सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि ओलीसम्मले गरे यिनीहरूको पतन हुन्छन् । क्यापिटलिज्म,  कम्यूनिज्म दुनियाँमा असफल भइसकेको छ । नेपाली जनतालाई कहिलेसम्म ठग्ने हो ? अब ठग्ने दिन गए ।’

उनले नेपालको जगमाथि नै प्रहार गर्ने काम सुरु भएको बताए । राज्य निर्माणको धरातल र  जगमा राष्ट्र निर्माण भएको भन्दै त्यसलाई भत्काउने काम हुनु दुर्भाग्य भएको उनको भनाई छ । 

उनले भने,‘नेपालको जगमाथि नै प्रहार गर्ने काम सुरु भएको छ । राज्य निर्माणको जुन धरातल हो । जुन जगमा राष्ट्र निर्माण भएको छ । त्यसलाई भत्काउने काम हुनुहुँदैन । दुर्भाग्य देखियो भने त्यो जगलाई भत्काउने काम भएको छ ।’ 





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १५:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया