logo-img

नेपाल र वेस्ट इण्डिज ‘ए’ को खेल तालिका सार्वजनिक
फाइल तस्बिर

नेपाल र इण्डिज ‘ए’ बीच हुने पाँच टी–२० खेलको खेल तालिका सार्वजनिक भएको छ । वेस्ट इण्डिज क्रिकेट बोर्डले पाँच टी–२० खेलको तालिका सार्वजनिक गरेको हो ।

नेपालले टी–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रूपमा वेस्ट इण्डिजसँग सिरिज खेल्न लागेको हो । नेपाल र वेस्ट इण्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ ।

दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

खेल नेपाली समयअनुसार दिउँसो १ बजे सुरु हुनेछ । वेस्ट इण्डिजको टोली पहिलोपटक नेपाल आउन लागेको हो ।  
 





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार ८:४८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया