logo-img

एक वर्षमा ३ हजार ७९५ आगलागीका घटना : १०२ जनाको मृत्यु, ४७२५ परिवार प्रभावित
फाइल तस्बिर

गत वैशाखदेखि यही चैतको तेस्रो सातासम्म आगलागीबाट नेपालमा १ सय २ जनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा यो अवधिमा ३ हजार ७ सय ९५ भन्दा बढी आगलागीका घटना भएकामा ती घटनामा १ सय २ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  

आगलागीबाट सो अवधिमा ४ हजार ७ सय २५ परिवार प्रभावित भएका छन् । आगलागीबाट २ अर्ब ३३ करोड रुपैयाँ बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिइन् । उनले बीचमा पानी परेका कारण आगलागी घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन अनुरोध गरिन् । 

यस वर्ष जाजरकोट भूकम्पबाहेक विपद्मा परेर मृत्यु हुने सबैभन्दा बढी आगलागीबाट रहेका छन् । सोही अवधिमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ । 

सर्पदंशबाट २०, हिमपहिरामा परेर १२, जनावरको आक्रमणबाट ४३, वन डढेलोबाट पाँच जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । वैशाखयताका विपद्जन्य घटनामा ४ सय ७७ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ ।   





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १२:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया