रास्वपाको मागप्रति विश्वप्रकाशकाे समर्थन : सम्पत्ति छानबिन गर्न ‘संसदीय छानबिन समिति’ बनाऔँ

नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गरेका छन् । 

मंगलबार सामाजिक सञ्जालमा भनेका छन्,‘विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो उपयुक्त छ । गठन गरौँ ।’

त्यस्तै उनले सहकारी ठगीबारे ‘संसदीय छाबिन समिति’ गठन गरौँ पनि भनेका छन् । रास्वपाको मागप्रति समर्थन गर्दै शर्माले छानबिन समितिका लागि दबाब बढाएका हुन् ।

नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले पनि सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा बहाल रहेका मन्त्री समेत संलग्न रहेकाले संसदीय छानबिन समिति माग गरेको छ ।





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १७:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया