चार्जिङ स्टेसनमा दैनिक एक लाख युनिट विद्युत खपत, पाँच खर्बको आयात प्रतिस्थापन गर्ने कुलमानको दाबी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय चार्जिङ स्टेसनमा मात्रै दैनिक एक लाख युनिट विद्युत् खपत भइरहेको बताएका छन् । मंगलबार ललितपुरमा साझा यातायातको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । 

उनले चार्जिङ स्टेसनमा मात्रै दैनिक एक लाख युनिट विद्युत खपतबाट करिब दुई करोडको डिजेल र पेट्रोल प्रतिस्थापन गर्ने गरेको बताए । यही ट्रेन्डमा विद्युत खपत हुँदा भविष्यमा ५ खर्बको आयातलाई प्रतिस्थापन गर्नसक्ने उनले दाबी गरे । 

चार्जिङ स्टेसनको माग पछिल्लो समय अत्याधिक रुपमा वृद्धि भएको बताउँदै घिसिङले देशभरका नगरपालिका, स्थानीय निकाय, अस्पताल र निजी क्षेत्रबाट विद्युतीय चार्जिङ स्टेसन राख्न माग आइरहेको बताए । 

काठमाडौं उपत्यकामा भन्दा पनि बाहिर रुटहरुमा विद्युतीय सवारी साधन धेरै गुड्ने गरेको उल्लेख गर्दै उनले नेपालको सार्वजनिक यातायातलाई विद्युतीय बनाउनको लागि चार्जिङ पूर्वाधारको जरुरी रहेको बताए । अहिले निजी क्षेत्रसहित ४ सय वटा चार्जिङ स्टेसन जडान भएको भएको भन्दै चार्जिङ स्टेसनमार्फत करिब हजारभन्दा बढी माइक्रोबसहरु देशभर चलिरहेका दाबी गरे । 

उनले करिब ७० प्रतिशत मात्रै रिप्लेसमेन्ट भयो भने नेपालको व्यापार घाटालाई ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले विद्युतीय बस सञ्चालनपछि साझा यातायात पनि फाइदामा आउने दाबी गरे । विद्युतीय बस डिजेलबाट १० देखि १५ गुणा सस्तो रहेको उनले बताए । अप्रेसन कष्ट १० गुणा सस्तो हुँदा पनि फाइदामा नआउने भन्ने नहुने उनको दाबी छ । 

सरकारले विद्युत खपत बनाउन पुराना बसहरु चलिरहेकाले रिप्लेसमेन्टको नीति ल्याउन आवश्यक रहेको बताए । उनले विद्युतीय बसमा प्रतिस्थापन गर्न केही सुविधा दिनुपर्नेमा जोड दिए । उनले केही ट्याक्सीहरुलाई मात्रै मनोपोली हिसाबले सहमति दिन नहुने बताए । 





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १८:४४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया