logo-img

मधेशमा प्रदेशस्तरीय सुरक्षा बैठक, गृहमन्त्री लामिछानेले सम्बोधन गर्ने
फाइल तस्बिर

मधेश प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ । प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालासँग छलफल गर्न बुधबार एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।

बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन् ।बैठकमा मधेशका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारी, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायका अधिकारी सहभागी हुनेछन् ।

गोष्ठी नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा हुन लागेको हो ।  





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार ९:९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया