logo-img

लिङ्देन भन्छन्- निजी क्षेत्रमैत्री कानुन नबनेसम्म देश बन्दैन, सरकारमा बस्नेहरूको नियत सुध्रिन आवश्यक छ
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताए । बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म र सरकारमा बस्नेहरूको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताए । उनले सरकारले बनाउने ऐन, कानुनहरू निजी क्षेत्रमैत्री हुनुपर्ने बताए । उनले ऐन, कानुन लगानीमैत्री नभए जति सुकै ठूलो लगानी गरेर पनि लगानी कर्ताहरू नेपालमा नआउने जिकिर गरे । 

उनले अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरू कार्यान्वयन हुन नसकेको बताए । उनले देश लगानीकर्ताहरूलाई आह्वान गर्न तयार छ की छैन भन्ने प्रश्न अहिले उठ्ने गरेको बताए । उनले अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताए । 

अध्यक्ष लिङ्देनले भने, ‘जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन, निजी क्षेत्रमैत्री ऐन, कानुन बन्दैन र सरकारमा बस्नेहरूको नियत सुध्रिँदैन तबसम्म देश बन्दैन । त्यस कारण सरकारले बनाउने ऐन, कानुनहरू निजी क्षेत्रमैत्री हुनुपर्छ । तपाईँले जतिसुकै ठूलो लगानी सम्मेलन गर्नुस् न, तपाईँको ऐन, कानुन लगानीमैत्री छैन भने कसले लगानी गर्छ ? अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरू कार्यान्वयन भए की भएनन् ? त्यसबाट हेर्नुस् । देश लगानीको लागि तयार छ की छैन । त्यो कुरामा टुंगोमा पुग्नुपर्छ । आज निजी क्षेत्रको मनोबल खस्किँदो छ । सबैले हेप्ने क्षेत्र भनेकै निजी क्षेत्र बनेको छ ।’

उनले निजी क्षेत्र अहिले सबैले हेप्ने क्षेत्र भएको बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरूले उद्योगी व्यवसायीहरूसँग चन्दा नमाग्ने र दुःख नदिने कुरा सङ्कल्प पत्रमा लेख्ने साहस गर्न आग्रह गरे ।  





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार ११:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया