logo-img

नमाज पढेर इद-उल-फित्र मनाइँदै, देशभर सार्वजनिक बिदा
फाइल तस्बिर

इस्लाम धर्मावलम्बीले आज ईद (ईद–उल–फित्र) पर्व मनाउँदै छन् । रोजा व्रतपछि आज इस्लाम धर्मावलम्बीले ‘ईद–उल–फित्र’ मनाउन लागेका हुन् ।

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो । केही मुस्लिमले ‘ईद–उल–फित्र’को नमाज मस्जिदमा त केहीले ‘ईदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।  

नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दु पात्रोको अनुसार नवौँ महिना हो ।  
 
यो पर्वको ७०औं दिनमा बकरिद अर्थात् ‘ईदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस पर्वको अवसरमा मुस्लिम ‘हज’ का लागि साउदी अरबको मक्कामदिना पनि जान्छन् । ईदको अवसरमा आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।  





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार ६:४९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया