logo-img

सुनको मूल्यमा नयाँ रेकर्ड, पुग्यो प्रतितोला १ लाख ३९ हजार रुपैयाँ

२०८० सालको अन्तिम दिन आज शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो । 

नेपालमा शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै  तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसै गरी शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार ११:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया