डेढ सय कर्मचारीसँग विदेशको पिआर, संसदीय समितिमा पर्‍यो उजुरी

निजामती सेवाका डेढ सय कर्मचारीले विदेशको स्थायी बसोबास (पिआर) लिएको दाबीका साथ एकजना सहसचिवले उनीहरूमाथि कानुनी कारबाहीको माग गर्दै संसदीय समितिमा उजुरी दिएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्रालयका एक सहसचिव भन्दै परेको बेनामे निवेदनमा डेढ सय कर्मचारीको नामनामेसी खुलासा गर्ने अठोट पनि गरिएको सम्बद्ध समाचार सूत्रले बताएको छ ।

‘परिवार विदेशमा राख्ने, देशको सूचना बाहिर पठाउने, समाजमा अवैध सम्बन्ध स्थापित गर्ने, विदेश तालिम भ्रमणको निहुँमा परिवार भेट्न जाने, लुटेको धन हुन्डीमार्फत विदेशमा थुपार्ने, यहाँ नाम मात्रको सम्पत्ति विवरण बुझाउने जस्ता क्रियाकलाप गर्ने झण्डै डेढ सय कर्मचारी छन्’ भन्दै केही उच्च पदस्थ कर्मचारीको नाम पनि उजुरीमा उल्लेख गरिएको छ । 

वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख सहसचिव रामप्रसाद आचार्य, वीरगञ्ज सुक्खा भन्सारका उपसचिव रामप्रसाद मैनाली, अर्थ मन्त्रालयका शाखा अधिकृत भीमकान्त न्यौपाने,  अर्थ मन्त्रालयकै सहिसचिव विन्देश्वर लेखक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव विनोद लामिछानेमाथि अनियमित काम गरेको दाबी गर्दै कारबाहीको माग गरिएको छ । 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १५:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया