logo-img

मलेसियालाई तेस्रो झड्का, दीपेन्द्रलाई दोस्रो सफलता

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा मलेसियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपाललाई तेस्रो सफलता अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दिलाए । 

उनले १८औँ ओभरको अन्तिम बलमा सैयद अजिजलाई ६ रनमा क्याच आउट गराए । नेपाललाई दोस्रो सफलता तीव्र गतिका बलर अविनाश बोहराले दिलाए । उनले १६.१ ओभरमा शर्विन मुनिन्दीलाई ४१ रनमा बोल्ड गरे । 

नेपाललाई पहिलो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाए । उनले ५.१ ओभरमा मोहम्मद आमिरलाई १६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । नेपालले मलेसियाविरुद्ध टस हारेर बलिङको निम्तो पाएको हो ।     

हालसम्म नेपाल र मलेसियाले ९ टी–२० आई खेलमा एकअर्काको सामना गरेका छन्, जसमध्ये नेपालले ८ तथा मलेसियाले एक खेल जितेको रेकर्ड छ ।

आइसिसी टी–२० वरियताको कुरा गर्दा हाल नेपाल १७औँ र मलेसिया २५औँ स्थानमा छ । प्रिमियर कपअन्तर्गत आजै भएको पहिलो खेलमा ओमानले बहराइनलाई तीन रन तथा दोस्रो खेलमा यूएईले कुवेतलाई सात विकेटले हरायो ।  
 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १७:३२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया