logo-img

नेपालसँग १४३ रनमा रोकियो मलेसिया, दीपेन्द्र ऐरीको उत्कृष्ट बलिङ

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा मलेसियाले नेपाललाई १ सय ४४ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रन बनायो । 

उसका लागि कप्तान विरनदीप सिंहले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा चार छक्का र चार चौकासहित अविजित ७२ रनको पारी खेलेका हुन् । यस्तै शर्विन मुनिन्दीले ४१, मोहम्मद आमिरले १६ तथा सैयद अजिजले ६ रन जोडे ।

नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले राम्रो बलिङ गरे । उनले ४ ओभरमा १४ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । यस्तै, अविनाश बोहराले ४ ओभरमा २८ रन दिएर एक विकेट हात पारे । अन्य नेपाली बलरले भने विकेट लिन सकेनन् ।

प्रिमियर कपअन्तर्गत आजै भएको पहिलो खेलमा ओमानले बहराइनलाई तीन रन तथा दोस्रो खेलमा यूएईले कुवेतलाई सात विकेटले हरायो ।  
 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १७:४४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया