बागमती प्रदेशद्वारा एक वर्षमा ६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा वाग्मती प्रदेशको १३ जिल्लाका  लक्षित वर्गका ६ हजार ८ सय ९५ घरपरिवारको स्वास्थ्य बीमा गरेको छ ।  

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले २ करोड ३४ लाख १५ हजार ९ सय ५० प्रिमियम तिरेर सो बीमा गरिदिएको हो । सो मन्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपागङ्ता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बीमावापतको प्रिमियम  तिरेको हो ।

प्राप्त विवरणअनुसार काठमाडौं जिल्लाका १ सय ५५ घरपरिवार  भक्तपुरका  ३५ घरपरिवार, ललितपुरका पाँच सय ५० घरपरिवार, काभ्रेपलाञ्चोकका सात सय २० घरपरिवार, नुवाकोटका पाँच सय ७३ घरपरिवार, रसुवाका एक सय ८१ घरपरिवार र रामेछापका तीन सय १९ घरपरिवार, धादिङका पाँच सय ९१ घरपरिवार, मकवानपुरका  एक सय एक घरपरिवार, दोलखाका २ सय ७४ घरपरिवार, सिन्धुपाल्चोकका एक हजार तीन सय १४ घरपरिवार, सिन्धुलीका चार सय ७९ घरपरिवार परिवार तथा चितवनका एक हजार छ सय तीन घरपरिवारको स्वास्थ्य बीमा गरिएको जनाइएको छ ।

सबैभन्दा बढी चितवनमा स्वास्थ्य बीमा गरिएको बताइएको छ । १ सय चार जना महिला स्वयंसेविका, अपागङ्ता भएका तीन सय ७७ जना तथा अतिसीमान्तकृत १ हजार एक सय २२ परिवार गरी १ हजार छ सय तीन परिवारको रु ५८ लाख ३८ हजार स्वास्थ्य बीमा वापतको भुक्तानी  गरिएको सो मन्त्रालयले जनाएको छ । रासस 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार २०:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया