राजनीतिक अस्थिरताका कारण आर्थिक विकास र समृद्धिमा बाधा पुग्यो : ईश्वर पोखरेल
फाइल तस्बिर

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्ष २०८० मा मुलुकमा राजनीतिक अस्थिरताका कारणले आर्थिक विकास र समृद्धिमा बाधा पुगेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालद्वारा आयोजित शुभकामना सांस्कृतिक साँझ, २०८० समारोहलाई सम्बोधन गर्दै पोखरेलले बितेको वर्षमा मुलुकलाई जागृत बनाउने कुराहरुलाई मुर्छित बनाउने काम गरिएको टिप्पणी गरे । 

‘बितेको वर्ष खासगरी समस्या र चुनौतीले भरियो । मुलुकमा राजनीतिक अस्थिरताका कारणले आर्थिक विकास र समृद्धिमा वाधा पुग्यो । राष्ट्रियता र स्वाभिमानका विषयहरूमा हामीले बेला बेलामा कमजोरी देखायौँ । बेला बेलामा देश लाई जागृत बनाउने कुराहरूलाई मुर्छित बनाउने काम भयो,’ पोखरेलले भने ।   

गत वर्षबाट पाठ सिकेर अगामी दिनमा त्यस्ता किसिमका कमजोरी आउन नदिने कुरामा जोड दिनुपर्ने पोखरेलको भनाइ छ । 

उनले राजनीतिक दल र समाजमा विकृतिहरू फैलिएको उल्लेख गर्दै त्यसलाई निर्मूल पार्न सांस्कृतिक दलहरूले विकृतिका विरुद्ध धावा बोल्नु आजको आवश्यकता भएको औंल्याए । 

सांस्कृतिकरूपमा समाज विचलित भइरहेको उल्लेख गर्दै पोखरेलले यसरी मुलुकलाई कमजोर हुनबाट जोगाउन नसकिने बताए । 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार २२:२६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया