logo-img

‘किङ’मार्फत थिएटरमा फर्कदै शाहरुख

अभिनेता सलमान खानले केही दिनअघि मात्र आफ्नो फिल्म ‘सिकन्दर’को घोषणा गरे । यो फिल्म आगामी वर्ष २०२५ मा रिलिज हुँदै छ । यहीबीचमा अभिनेता शाहरुख खान पनि नयाँ फिल्म ‘किङ’ लिएर दर्शकमाझ आउने तयारीमा छन् ।

शाहरुखलाई बलिउडमा ‘किङ खान’का रुपमा चिनिन्छ । यही कारण पनि उनले फिल्मको नाम ‘किङ’ राखिएको फिल्म विश्लेषकहरुको दाबी छ । यही फिल्मबाट शाहरुख पुत्री सुहाना खान पनि ‘थिएट्रिकल डेब्यु’ गर्दै छिन् । फिल्ममा सुजोय घोषको निर्देशन हुनेछ ।

सन् २०२५ मा रिलिज हुने यो फिल्मको प्री–प्रोडक्सनको काम सुरु भइसकेको छ । निर्माताहरु यसै वर्षको गर्मी मौसममा फिल्म फ्लोरमा लैजाने तयारीमा छन् । अहिले निर्माता र निर्देशक फिल्मको कास्टिङमा ध्यान दिइरहेका छन् ।

उनीहरु फिल्ममा शाहरुखसँग भिड्न सक्ने भिलेनको खोजीमा छन् । फिल्मको १२ दिनसम्म एक्सन दृश्य खिचिनेछ । 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार ९:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया