logo-img

कांग्रेसको निष्कर्ष : सरकारले मुलुकलाई तानाशाहीतर्फ लैजान खोज्याे

नेपाली कांग्रेसले सरकारले मुलुकलाई तानाशाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको छ । आइतबार बसेको संसदीय दल बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पर्याप्त समय हुँदाहुँदै सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेर तानाशाही प्रवृत्ति देखाएको बताए ।

बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गैरजिम्मेवार, जवाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतिबाट टाढा जानेगरी मुलुकलाई तानाशाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको लेखकले जानकारी दिए ।

‘सरकार गैरजिम्मेवार, जवाफदेहिताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतिबाट टाढा जाने गरी मुलुकलाई तानाशाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष हाम्रो छ,’ बैठकपछि लेखकले भने, ‘सदनको चालू अधिवेशन पर्याप्त समय हुँदाहुँदै अप्रत्याशीत र असमयमा अधिवेशन अन्त्य गर्ने, सदनमा बहुसंख्यक सांसदले उठाएका कुराप्रति सरकार गम्भीर नहुने विषयले नै सरकार कति गैरजिम्मेवार छ भन्ने देखिइसकेको छ ।’

प्रमुख सचेतक लेखकले विगत एक महिनादेखि कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषय तथ्य र प्रमाणसहित उठाउँदै आएको पनि बताए । 

कांग्रेस संसदीय दल बैठकले ‘जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार हुँदै संघीय संसदको चालू अधिवेशनको अन्त्य गर्ने सरकारको निर्णयको घोर भर्त्सना र निन्दा’ गरेको छ ।

शनिबार कांग्रेसका महामन्त्री गगन थापाले एक भिडियो सन्देशमार्फत गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारेका थिए । उनले संसदीय छानबिन समिति मात्रै माग गरेको बताए । 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १२:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया