logo-img

गृहमन्त्री लामिछाने भन्छन्- ‘रोड टेस्ट गरेर मात्र ड्राइभिङ लाइसेन्स दिनुपर्छ’
फाइल तस्बिर

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट गरेर मात्र ड्राइभिङ लाइसेन्स दिनुपर्ने बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान–२०८१’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सवारीसाधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने बताएका हुन् ।  

सवारीचालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी गलत भएको बताए । गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको पनि बताए । 

उनले सीपबिना रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गरे । गृहमन्त्री लामिछानेले सडक दुर्घटनामा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन भन्ने कुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताए । 

गृहमन्त्री लामिछानेले दुर्घटना न्यूनीकरण राज्यको दायित्व भएको भन्दै नागरिकको ज्यान बचाउनु सबैभन्दा ठूलो दायित्व भएको बताए । उनले सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिए ।  





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १५:२९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया