नाउपाकै कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका छन् । 

यसअघि नाउपाकै अर्का नेता लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरिसकेका छन् । कैलाशले एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको आफूसहित अर्को एकजना सांसद र एउटा स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गरेका हुन् ।  

यसअघि लक्ष्मणले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेस गरेका छन् । उनले कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, एकीकृत समाजवादीका ४ र राप्रपाका एक सांसद गरी बहुमत सांसदको समर्थन रहेको बताएका थिए । 

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।  





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १६:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया