logo-img

गहुँ चुट्नेक्रममा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर

कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज गहुँ चुट्नेक्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त–९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिए । 

घटनापछि प्रहरीले ट्रयाक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘महिलाको शव शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको छ’, प्रवक्ता जोशीले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’  





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार २०:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया