यसरी निकालियो नुहाउने क्रममा बेपत्ता भएका पुरुषको शव

   
रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका –३ स्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले वैशाख ०२ गते फेला पारेको छ ।
    
जाजरकोट जिल्लाको शिवालय गाउँपालिका –३ सीमा बस्ने २४ वर्षीय कमल बुढा गत चैत ३० गते उक्त नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ४ जना गोताखोर सहित आश्रित गुल्म जाजरकोटबाट १३ जनाको सुरक्षा फौज खोजिकार्यको लागि खटिएको थियो ।     

गोताखोरले आज दिउँसो २ बजे डुबेको ठाउँबाट अन्दाजी ५० मिटर तलबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार २२:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया