आन्दोलनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

झन्डै एकसाता अघि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ४० बुँदे माग राखेर काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको सोमबार मृत्यु भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको सोमबार बिहान उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

प्रहरीले चैत २७ गते गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने लगायत विभिन्न ४० बुँदे माग राखेर गरेको आन्दोलनमा आन्दोलनकारीलाई हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसको असरले डाँगीको स्वास्थ्य विग्रिएको थियो । 

त्यसपछि अस्पताल भर्ना भएका डाँगीको निधन भएको हो । डाँगीको पार्थिव शरिरलाई आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने राप्रपाले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार ११:१३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया