logo-img

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदै छ किनबेच ?

नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला सात सयले वृद्धि भई एक लाख ३७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो । 

तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ रुपैयाँ निर्धारण भएको छ । 





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १२:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया