वैवाहिक बलात्कारका आरोपित न्यायाधीश गिरी कारागार चलान

वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई कारागार चलान गरिएको छ । सोमबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका उनलाई अदालतले कारागार कार्यालय डिल्लीबजारमा चलान गरिएको हो ।  

गत २१ चैतमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको थियो । उच्च अदालतले भने सोही आदेशलाई सदर गरेको थियो ।  
 





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १२:३८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया