logo-img

अहिले वामपन्थी एकताको आवश्यकता छैन, गर्नै परे दल छानेर गर्छौँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको धारणा व्यक्त गरेका छन् । 

आज बिहान एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वामपन्थी एकताले नयाँ गठबन्धनको सरकार पनि नबन्ने र त्यसले देश पनि नचल्ने भनेर टिप्पणी गरेका छन् ।

वामपन्थी एकताको विषय आफ्नो सरोकारको भएको बताउँदै अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काम आफूले बुझेको बताएका छन् ।  वामपन्थी एकताको महत्त्व बुझेरै त्यसको विस्तार र एकताबाट संसदमा दुई तिहाइको अवस्थामा दललाई पुर्‍याएको उनको भनाई थियो । त्यसलाई तोडेकाले वामपन्थी एकताको आन्दोलन कमजोर भएको ओलीको गुनासो थियो ।

ओलीले भने, ‘अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अघि बढ्ने, नराम्रो काम नगर्ने भनेर प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक छ । आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’

ओलीले कटाक्ष गर्दै भने, ‘वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुँदैन, यस्ता शक्तिहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नुहुँदैन । पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ ।’

एमालेले एकता नै गर्दैन भन्ने अर्थ नलागोस् भन्दै ओलीले भने,‘एकता परेका बखत गर्छौँ, तर छानेर ।’  





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १४:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया