logo-img

‘ब्रेकथ्रु’ गरिएको सुरुङ मार्ग कहिलेबाट होला सञ्चालन ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग छिचोलिएको छ ।  निर्माण सुरु भएको ५३ महिनापछि प्रधानमन्त्री दाहालसहितको उपस्थितिमा सोमबार ‘ब्रेकथ्रु’ गरिएको हो । 

यो नेपालको पहिलो यातायात सुरुङ मार्ग हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरुङ मार्ग आयोजनाको मुख्य मार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ ।

सोमबार दुई मिटर खनेपछि सुरुङ वारपार छिचोलिएको हो । ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको शिलान्यास गरेका थिए । त्यसबेला आयोजना सक्न ४२ महिना लाग्ने भनिए पनि ५३ महिनापछि मात्र ‘ब्रेकथ्रु’ गरिएको हो ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

सुरुङभित्र अब लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम बाँकी छ । बलम्बुदेखि सुरुङ मार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमी दुई लेन सडक कालोपत्रे हुने क्रम जारी छ । सुरुङ मार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १५:५०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया