काश्मिरमा डुंगा दुर्घटना : १५ जना बेपत्ता

भारत प्रशासित काश्मिरमा मंगलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मी खटिइरहेको अधिकारीले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुङ्गा पल्टिँदा बेपत्ता हुनेमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए ।  

काश्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।’

हिमालयको काश्मिर उपत्यकामा केही दिनको वर्षापछि नदीको पानी बढेको थियो । प्रत्यक्षदर्शीका अनुसार डुङ्गा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो ।  

श्रीनगरका जिल्ला मजिस्ट्रेट बिलाल मोही–उद–दिन भटले भने, ‘हाम्रो उद्धार टोली त्यहाँ छ, हामी घटनाको विवरण पत्ता लगाइरहेका छौँ ।’ धेरै कार्यालयका कर्मचारी तथा विद्यालयका विद्यार्थी सडक यातायातबाट बच्न बिहान डुङ्गाबाट नदी पार गर्छन् । 

काश्मिरमा पहाडी क्षेत्रका सडकमा दुर्घटना सामान्य भए पनि यात्रुवाहक डुङ्गा दुर्घटना विरलै हुने गर्छन् ।  





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार १२:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया