logo-img

हिमाल आरोहणमा निर्मल पुर्जाको नयाँ कीर्तिमान

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ ले  नयाँ कीर्तिमान बनाएका छन् । उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पटक आरोहण गरेर कीर्तिमान बनाएका हुन् । 

एकै जनाले धेरैपटक अग्ला शिखर चढ्ने कीर्तिमानमा अब उनको नाम लेखिनेछ । पुर्जाले गत शनिबार अर्थात् १ वैशाखको राति १२:१५ बजे यो कीर्तिमान बनाएका हुन् ।
उनी ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेपछि यो कीर्तिमान बनेको हो ।  

८ हजार मिटरमाथिका जति हिमाल जतिपटक आरोहण हुन्छ, त्यति नै पटक गणना भएर यो कीर्तिमान बनेको हो । ताजा कीर्तिमानपछि पुर्जाले भने, ‘अब, ८ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिँदै जान्छ ।’  

उनले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक–पटक आरोहण गरिसकेका छन् । 





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार १३:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया