logo-img

गगन थापा भन्छन्- ‘पार्टीको गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आयो’
‘सुशासन र विकास पार्टीको एजेण्डा हुनुपर्छ’
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको मुख्य एजेन्डा हुनुपर्ने बताएका छन् ।

‘समुदायमा कांग्रेस संवाद कार्यक्रम’का क्रममा आज धनगढीमा आयोजित कार्यक्रममा उनले विकासका सवालमा दलहरूबीच राष्ट्रिय बहस छलफल गरी साझा धारणा बनाउन, भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनलगायतका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।  

पार्टीको एजेन्डा २०८४ का लागि नभइ आज देखिएका यावत समस्याको समाधानका लागि हुनुपर्ने बताउँदै महामन्त्री थापाले भने, ‘वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनर्जागरणको वर्ष बनाउनुपर्छ, एक वर्ष कांग्रेसले सिंहदरबार, बालुवाटार नहेरी राष्ट्रका मुख्य–मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ ।’ 

पार्टीको भविष्यको नीति योजना बनाउनका लागि संवाद यात्रामा आएका सुझावले टेवा पुर्‍याउने उनको भनाइ छ । पार्टी सञ्चालन प्रक्रिया त्रुटीपूर्ण हुँदा पार्टीमा गुट-उपगुटको समस्या देखिएको भन्दै थापाले गुटबन्दीविरुद्ध उपचार खोज्ने बेला आएको पनि बताए ।  





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार १४:१८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया