logo-img

सेतो मछिन्द्रनाथको रथयात्रा सुरु (फोटोफिचर)

वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्राआजदेखि सुरु भएको छ । काठमाडौंको दरबारमार्गस्थित तीनधारा पाठशालामा मंगलबार अपराह्न मछिन्द्रनाथको रथारोहण गरेपछि रथयात्रा सुरु भएको हो । 

उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहिआएको छ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मछिन्द्रनाथलाई जनबहालबाट नगर परिक्रमा गराई तीनधारा पाठशालाअघि बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । 

सेतो मछिन्द्रनाथको रथ मछिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखनहुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनखेलसम्म लगिन्छ ।

रथयात्रको पहिलो दिन आज रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याएर पहिलो दिनको यात्रा समाप्त गरिएको छ । 

 





 

 

 

  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार २१:३३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया