सल्यानमा बस दुर्घटना : १४ जना घाइते

सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार दाङबाट रुकुम जाँदै गरेको बस बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका–२ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएका हुन् ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ । घोराहीबाट रुकुम जाँदै गरेको रा.१ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले जनाएको छ । 
 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार १२:२०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया